aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७२ जना डिएसपीको सरुवा भएको छ । केही जिल्लाका प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले सोमबार ७२ जना नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको हो । 

दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टराई, पाँचथरमा दानबहादुर थापा, रोल्पामा नरेशराज सुवेदी, बाजुरामा मदनजित बोहरा, डडेल्धुरामा महेन्द्र नेपाललाई पठाइएको छ।

यसैगरि अछाममा योगेन्द्रसिंह थापा, डोल्पामा राजु पाण्डे, जुम्लामा माधवप्रसाद काफ्ले, बझाङमा रुपक खड्का, प्युठानमा सुनिल मल्ल र नुवाकोटमा हरिबहादुर ओलीलाई सरुवा गरिएको छ ।

महानगरीय प्रहरी वृत कालिमाटीमा अपिल बोहरा, इलाका प्रहरी कार्यालय इटहरीमा अर्जुन केसी, महानगरीय प्रहरी वृत जगातीमा राजेश थापा र महानगरीय प्रहरी वृत दरबारमार्गमा रामेश्वर पौडेललाई पठाइएको छ।

हेर्नुहोस्, सूची

प्रतिक्रिया दिनुहोस