aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

फेसबुकमा गालीगलाैज गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
फेसबुकमा गालीगलाैज गर्ने पक्राउ

सुर्खेत । सामाजिक सञ्जाल फेसबुकमा गालीगलाैज गर्नेलाइ प्रहरीले पक्राउ गरेकाे छ ।

सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई गाली गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार, कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउने गरेको निर्णयको आलोचना गर्दै फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेका वीरेन्द्रनगर– १२ का राजन चालिसेलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले सामाजिक सञ्जालमा प्रजिअ रेग्मीलाई गालीगलौज गर्ने युवकलाई शनिबार पक्राउ गरिएको बताए । डीएसपी घर्तीका अनुसार पक्राउ परेका युवकविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस