
भारतको अर्थतन्त्रमा कोरोना संकटको असर देखा पर्न थालेको छ । जुलाई महिनामा मात्र ८ वटा निर्माण सँग सम्बन्धित कम्पनीको उत्पादनमा ठुलो गिरावट देखा परेको छ ।
सरकारी आँकडा अनुसार जुलाईमा भारतका ८ वटा क्षेत्रको उत्पादनमा ९.६ प्रतिशतको गिरावट देखिएको हो । यिनीहरूमध्ये सबैभन्दा बढी स्टिल, रिफाइनरी उत्पादन र सिमेन्ट कम्पनीहरूमा समस्या देखिएको हो । निर्माणसँग सम्बन्धित ८ वटा क्षेत्र मध्ये ७ वटामा निकै नराम्रो गिरावट देखा परेको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबार जारी गरेको तथ्याकं अनुसार अघिल्लो वर्ष जुलाईमा यी ८ क्षेत्रमा २.६ प्रतिशतको वृद्धि भएको थियो । भारतको अर्थतन्त्रका सूचक समेत मानिएका यी ८ क्षेत्रमा उत्पादनमूलक क्षेत्र, कोइला, कच्चा तेल, प्राकृतिक ग्यास, रिफाइनरी प्रोडक्ट, स्टिल, सिमेन्ट र बिजुली पर्दछन् ।
प्रतिक्रिया दिनुहोस