aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

लामो दुरीका यातायात तत्काल चलाउन नपाउने मन्त्रीपरिषदकाे निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
लामो दुरीका यातायात तत्काल चलाउन नपाउने मन्त्रीपरिषदकाे निर्णय

काठमाडौं । सरकारले भदौ १४ गते मन्त्रीपरिषदको निर्णय सार्वजनिक गरेको छ । अर्थमन्त्री एवं सूचना सञ्चार तथा प्रविधी मन्त्री युवराज खतिवडाले तत्काल लामो दुरीको सार्वजनिक यातायात तत्काल चलाउन नपाउने जनाएको छ ।

तत्काल कोभिड–१९को जोखिममुक्त भइ नसकेको बताउँदै भदौ १६ गतेदेखि सञ्चालन गर्ने यस अघिको निर्णय लम्ब्याउँदै असोज १ गतेसम्म पुर्याइएको जनाएको छ । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए ।

यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए । चार्टर उडानमा यसअघि ५०० जनामात्र ताेकिएकाेमा अब ८०० जनासम्म भित्रिन पाउने छन् ।

साथै, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जवाफदेहितामा उडान संख्या समन्वयमा दैनिक आगमन ८ सय जना भन्दा नबढ्ने गरि चार्टर उडान गर्नेसमेत जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस