काठमाडौं । सरकारले आन्तरिक हवाई उडान असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आन्तरिक हवाइ उडान असोज १ देखि नै सञ्चालनमा आउने जानकारी दिएका हुन् ।
साथै उनले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको बताए ।
प्रतिक्रिया दिनुहोस