
काठमाडौं । सरकारले भदौ १४ गते मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री एवं सूचना सञ्चार तथा प्रविधी मन्त्री युवराज खतिवडाले जना पर्यटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रकृया पूरा गरेर भित्त्र्याउन अनुमति दिएको बताए ।
संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको प्रस्तावमा १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ जना र तीन जना ब्रिटिस नागरिक गरि जम्मा १८ जनालाई नेपाल भ्रमण गर्ने अनुमति दिएको छ । उनिहरुलाई लुबुचे र मनास्लु हिमाल आरोहण गर्न अनुमति दिइएको हो ।
उनिहरू चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको हो । उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यसकारले शरद ऋतुको हिमाल आरोहण खुला गर्ने निर्णय भने यसअघि नै गरिसकेकाे छ ।
यसैगरी, सरकारले भदौ १७ गतेदेखि खुल्ने नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट दैनिक ८ सय जनामात्र आउन पाउने भएका छन् ।
यसअघि दैनिक ५ सयमात्र आउन दिने निर्णय भएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जवाफदेहितामा उडान संख्या समन्वयमा दैनिक आगमन ८ सय जना भन्दा नबढ्ने गरि चार्टर उडान गर्ने भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संख्या निर्धारण गर्ने छ । क्वारेन्टिन र आइसोलेसन अवस्था हेरी मन्त्रालयले अनुमति दिने छ ।
प्रतिक्रिया दिनुहोस