aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्।

पछिल्लो समय मुखर्जी कोममा गएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो। दिल्लीस्थित सेनाको अस्पतालमा उपचार गराइएका मुखर्जीको अवस्था झनै खराब बनेको सोमबार मात्र उक्त अस्पतालले जनाएको थियो।

प्रणव मुखर्जी कोरोना भाइरस पोजिटिभ भेटिए र उनलाई भर्खरै ब्रेन सर्जरी गरिएको थियो । २०१२ मा प्रणव मुखर्जी देशका राष्ट्रपति भएका थिए । उनी २०१७  सम्म उनी राष्ट्रपति थिए । २०१९ मा उनलाई भारत रत्नबाट सम्मानित गरिएको थियो । प्रणव मुखर्जीको खराब स्वास्थ्यको कारण १० अगस्तमा दिल्लीको आरआर अस्पतालमा भर्ना गरिएको थियो ।  
 

प्रतिक्रिया दिनुहोस