aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

आफ्ना जासुसलाई सन्देश पठाउने उत्तर कोरियाको गज्जव काइदा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
आफ्ना जासुसलाई सन्देश पठाउने उत्तर कोरियाको गज्जव काइदा !

एजेन्सी । उत्तर कोरियालेलाई युट्युबमा हालेको एउटा भिडियोले निकै ठुलो हल्ला खल्ला मच्याएको छ । शनिवार एउटा रहस्यमय सन्देश सहितको जासुसी भिडियो त्यहाँको सरकारी रेडियोले अपलोड गरेको थियो ।  

योनह्याप न्युज एजेन्सीका अनुसार उत्तर कोरियाले रहस्यमय अंकहरुको एउटा सिरिज सार्वजनिक गर्‍यो । त्यो सन्देश दक्षिण कोरियामा रहेका आफ्ना जासुसहरूको लागि उसले पठाएको आरोप लागेको छ । 

रेडियो पोङयाङको आधिकारिक युट्युब अकाउन्टमा एक महिला प्रस्तोताको स्वरमा केही नम्बरहरू पढिएको छ । जसमा उनले भनेकी छिन्, ‘दूर शिक्षा विश्वविद्यालयको नम्बर ७१९ एजेन्टको लागि जारी सूचना प्रविधिको रिभ्यु ।’ 

उनले यसो केही अंकहरु पढेकी छिन् । जस्तै नम्बर २३, पेज नम्बर ५६४, नम्बर १९, पेज नम्बर ४७९ । यस्ता नम्बरहरू मात्रै वाचन गरिएको सो लगभग एक मिनेटको भिडियो बिहान ११ बजेसम्ममा २५ सय पटक हेरिएको थियो । 

यो भिडियोलाई कुनै जासुसी सूचनाका रूपमा किन व्याख्या गरियो भने रेडियो कार्यक्रममा भने यस्ता नम्बरहरू वाचन गरिएको थिएन । उत्तर कोरियाले सित युद्ध कालमा समेत यस्तै खालमा नम्बरहरू मार्फत आफ्ना जासुसहरूलाई सूचना प्रवाह गर्ने गरेको थियो । हालै मार्च ७ र १३ तारिकका दिनमा समेत यस्तै सन्देश मार्फत उनीहरूले दक्षिण कोरियामा रहेका सम्भावित जासुसलाई सूचना प्रवाह गरेका थिए । 

उत्तर कोरियाले यसरी भिडियो मार्फत नै कोड भाषामा सन्देश प्रवाह गरेको चाँहि यो पहिलो पटक हो । 

प्रतिक्रिया दिनुहोस