aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  चार पदाधिकारी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  चार पदाधिकारी नियुक्त

काठमाडौं । वाग्मती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीका सिफारिसमा सामाजिक विकासमन्त्री तथा सहकुलपति युवराज दुलालले प्रतिष्ठानका शिक्षाध्यक्षमा डा सतीश देव रहेका छन् । 

त्यस्तै रजिष्ट्रारमा राजेश प्रसाईं, निर्देशकमा डा हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गर्नुभयो   । नवनियुक्त पदाधिकारीलाई सोमबारै पद तथा गोपनीयताको शपथ गराइएको थियो । 

 सो अवसरमा मुख्यमन्त्री पौडेलले  प्रदेश सरकारको गौरव प्रतिष्ठानको विकासमा सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सामाजिक विकासमन्त्री दुलालले प्रतिष्ठानले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार गर्नाका साथै यस क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस