aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कोरोना भाइरसलाई परास्त गर्ने जापानका वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
कोरोना भाइरसलाई परास्त गर्ने जापानका वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका

एजेन्सी । कोरोना भाइरसको बारेमा संसारभरिका वैज्ञानिकहरु  अनुसन्धानमा जुटेका छन । अनुसन्धानकर्ताहरु दिन र रात कोरोनाका रोकथामको बारेमा नयाँ नयाँ तरिकहरुको खोज गरिरहेका छन ।  जापानका अनुसन्धानकर्ताले कोरोनालाई जित्ने नयाँ तरिका फेला पारेका दावी गरेका छन । अन्वेषककर्ता भन्छन, ओजोनको कम Concentration (तटस्थता) ले कोरोना भाइरस कणहरूमा कम गर्न सक्छ । ओजोन ग्यासको सहायताले अस्पताल र वेटिंग कोठालाई कीटाणुरहित गर्न सकिन्छ । 

यो अनुसन्धान फुजिता स्वास्थ्य विश्वविद्यालयका वैज्ञानिकहरूले गरेका हुन । एउटा प्रेस सम्मेलनमा वैज्ञानिकहरूले ओजोन ग्यासको ०.०५ प्रति मिलियन (पीपीएम) देखि ०.१ तटस्थताले कोरोना भाइरस हटाउन सक्ने बताएका थिए । उनीहरुका अनुसार ओजोन ग्यासको यी स्तर पनि मानिसका लागि खतरनाक नभएको बताए ।  वैज्ञानिकहरूले ओजोन उत्पादन गरेर अनुसन्धान गरिरहेका छन् ।

वैज्ञानिकहरूले ओजोन जेनेरेटर कोरोना भाइरसले भरिएको एउटा कोठालाई अनुसन्धान केन्द्र बनाइरहेका छन । वैज्ञानिकहरूले पत्ता लगाए कि १० घण्टा कम ओजोन ग्यासको प्रयोगले भाइरसको कार्यकुशलता ९० प्रतिशतमा कम भयो । 

प्रमुख अन्वेषक टाकायुकी मुराताले भने, ’कम सघनता ओजोनले कोरोना भाइरस महामारी फैलिनबाट रोक्न सक्छ । कम सघनता ओजोन उपचार कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ । हामीले उच्च सघनताको अवस्थाहरूमा यो विशेष रूपमा प्रभावकारी भएको पाएका छौं।
 
ओजोन एक प्रकारको अक्सिजनको अणु हो जुन माइक्रोबहरू निष्क्रिय गर्न प्रयोग गर्ने गरिन्छ । यसभन्दा पहिले पनि धेरै प्रयोगहरूमा ओजोनको उच्च सघनता ६ पीपीएमको बीचमा कोरोना भाइरस विरुद्ध धेरै प्रभावकारी हुन्छ तर यो स्तरको ओजोन मानिसमा खतरा हुन्छ ।
 
जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीले भर्खरै गरेको एउटा अध्ययनले देखायो छ कि ओजोन विभिन्न सुरक्षात्मक उपकरणहरूको कीटाणुशोधनमा प्रभावकारी भइरहेको छ ।  फुजिता मेडिकल युनिभर्सिटी अस्पतालले संक्रमण घटाउन ओजोन जेनरेटर स्थापना गरेको छ ।
 
फुजीफिलमको अविगान औषधीको क्लिनिकल परीक्षण पनि फुजीता स्वास्थ्य विश्वविद्यालयमा सञ्चालन भइरहेको छ । यो औषधि कोरोना भाइरस बिरामीहरूमा प्रयोग भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस