काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । आज सुनको मूल्य तोलामा ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३९५ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस