aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

महामारीमा यी शक्तिशाली देशको जीडीपी वृद्धि भयो कि गिरावाट ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
महामारीमा यी शक्तिशाली देशको जीडीपी वृद्धि भयो कि गिरावाट ?

एजेन्सी । महामारीमा विश्वको अर्थव्यवस्था तहनहस भइरहेको छ । यसैबीचमा भारतको कूल घरेलु उत्पादन (जीडीपी) कोरोना भाइरस महामारीको बीचमा अप्रिलदेखि जूनको पहिलो त्रैमासिकमा ऐतिहासिक २३.९ प्रतिशतले घटेको छ ।  

कोरोना भाइरस महामारी शुरू भएको देश  चीन अहिले यो महामारीको साथसाथै आर्थिक संकटबाट पनि मुक्त भएको देखिन्छ ।  चीन एक मात्र जीडीपीको वृद्धिदर प्लस रहेको  छ । अमेरिका, जापानलगायत सबै देशहरूको जीडीपी वृद्धि शून्य छ । कोरोना भाइरस महामारीको शुरुआतमा, अर्थात यस वर्षको पहिलो त्रैमासिकमा चीनको जीडीपी पनि ६.८ प्रतिशतले घटेको छ । 
चीनको अर्थव्यवस्थामा सुधारका अन्य धेरै लक्षणहरू छन्। । चीनको उत्पादन क्षेत्र जुन महिनामा बढेको छ र यसको आयात र निर्यात पनि बढेको छ । 

अर्थशास्त्रीहरुका अनुसार चीनले अन्य देशहरु भन्दा चाँडै लकडाउन नियमहरु छाड्न थालेका छन ।  चीनले केवल वुहानमा पूर्ण लकबडा लगाएको थियो । जबकि धेरैजसो क्षेत्रहरूमा आर्थिक गतिविधि भइरहेको थियो । जब सम्पूर्ण विश्व लकडाउनतिर बढिरहेको थियो । चिनियाँ निर्यातले विश्व बजारमा बढी अवसरहरू गरेको छ ।

त्यस्तै, कोरोना भाइरसले अमेरिकामा सबैभन्दा धेरै विनाश गरेको छ ।  सन २०२० को दोस्रो त्रैमासिक (अप्रिल९जून) मा अमेरिकाको जीडीपी २३.९ प्रतिशतले गिरावट आएको छ । १९४७  पछिको सबैभन्दा ठूलो ठूलो गिरावट हो । कोरोना भाइरस महामारी हुनुभन्दा पहिले अमेरिकाको आर्थिक बृद्धि दर जी ७ देशहरूमध्ये सबैभन्दा उच्च थियो ।

त्यस्तै, बेलायतको २०२० को दोस्रो क्वाटरमा जीडीपी २०.४ प्रतिशतले गिरावट आएको छ । यो बेलायतको जीडीपीमा लगातार दोस्रो त्रैमासिक गिरावट हो । 
इटालीको जीडीपी अप्रिल९जून क्वार्टरमा १२.४ प्रतिशतले गिरावट आएको छ ।  सन १९९५ को पहिलो क्वाटर पछि यो सबैभन्दा ठूलो गिरावट हो । इटालेली सरकारी एजेन्सीले पहिलो त्रैमासिकमा ५.४ प्रतिशतको गिरावट पछि दोस्रो क्वाटरमा अप्रत्याशित घाटा भएको छ ।  

फ्रान्सको जीडीपी अप्रिल जुनको क्वार्टरमा १३.८ प्रतिशत घटेको छ । क्यानडा अप्रिल जुन महिनाको पहिलो त्रैमासमा क्यानडाको जीडीपी १२ प्रतिशतले घटेको छ ।  जर्मनमा गत वर्षको तुलनामा यस वर्षको दोस्रो त्रैमासिकमा जर्मनीको जीडीपी १०.१ प्रतिशतले घटेको छ । जापानको जीडीपीमा पनि सन २०२० को अप्रिल जून क्वार्टरमा त्यहाको अर्थतन्त्र ७.८ प्रतिशत घटेको छ । 
 

प्रतिक्रिया दिनुहोस