aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

  • रासस
    रासस
  • मंगलबार, १६ भदौ २०७७
डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

डोटी । जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३।८ रेक्टर स्केलको भूकम्प गएको हो ।
 
भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो । भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस