aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

लागूऔषध तस्करलाई गोली हानेर मार्न फिलिपिन्सका राष्ट्रपतिको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
लागूऔषध तस्करलाई गोली हानेर मार्न फिलिपिन्सका राष्ट्रपतिको आदेश

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले भन्सार कार्यालयका उच्च अधिकारीहरुलाई लागूऔषध तस्करहरुमाथि गोली हान्ने र मार्ने आदेश दिएका छन् । राष्ट्रपतिको हैसियतमा सार्वजनिक रुपमै उनले आदेश दिएका हुन् । 

राष्ट्रपति दुतेर्तेले गैरन्यायीक हत्याको आदेश दिएको कुरा अस्वीकार गरेका छन् । तर लागूऔषध तस्करहरुको हत्या गर्न बारम्बार उनले आदेश दिँदैआएका छन् । उनी र राष्ट्रिय प्रहरीले फिलिपिन्समा लागूऔषध विरोधी अभियान सञ्चालन गर्दैआएका छन् । पछिल्लो सोमबार दुतेर्तेले भन्सार विभागका आयुक्त रे लियोनार्दो गुरेरोलाई हत्याका लागि आदेश दिएका हुन् । मन्त्रिपरिषदको बैठकबाट सार्वजनिक गरिएको मन्तव्यमा उनले हत्याको आदेश दिएका हुन् ।

गुरेरो पूर्व सैनिक जनरल र सेना प्रमुख हुन् । जसलाई दुतेर्तेले सोमबार मनिलास्थित राष्ट्रपति कार्यालयमा भेट पनि गरेका थिए । दुतेर्तेको लागूऔषधविरोधी अभियानको क्रममा ५ हजार ७ सय भन्दा धेरै लागूऔषध शंकास्पदहरुको हत्या भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस