काठमाडौं । वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।
अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताए । उनले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस