aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

चीनले आफ्ना स्वास्थ्यकर्मी र सेनालाई खोप लगाएपछि अब विश्वभरी खोपको राजनीति गर्ने खतरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
चीनले आफ्ना स्वास्थ्यकर्मी र सेनालाई खोप लगाएपछि अब विश्वभरी खोपको राजनीति गर्ने खतरा

एजेन्सी । संसार भरी कोरोना भाइरस खोप परीक्षण भइरहेको छन ।  हाल सात वटा खोपहरू मानव परीक्षणको अन्तिम चरणमा छन् । जसमा चीन सबैभन्दा अगाडि देखिएको छ । यद्यपि यी खोपहरू छिटो बनाईएका हुनाले सुरक्षा र गुणस्तरको बारेमा पनि प्रश्नहरू उठाइरहेका छन् । धेरै देशहरूले भ्याक्सिनको माध्यमबाट विश्वभरी राजनीतिक फाइदा लिन प्रयास गरिरहेको आरोप समेत लाग्ने गरेको छ ।

चीनले उत्पादन गरेको खोपमा चीन यति विश्वस्त छ कि यसको क्लिनिकल अध्ययनको नतीजाको लागि कुर्नु आवश्यक पर्दैन । क्लिनिकल अध्ययनको नतीजा नआउँदै चीनमा सरकारी अधिकारी सेना, व्यापारी र स्वास्थ्य क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूलाई एक महिना पहिला नै खोप लगाइसकिएको छ । अब यो चिनियाँ खोप  छिट्टै यातायात र सेवा विभाग संग सम्बन्धित कर्मचारीहरुलाई दिइने जनाइएको छ ।
 
आपतकालमा प्रयोग हुने यी खोपहरूमा पनि बिभिन्न प्रकारका प्रश्नहरू खडा भइरहेको छन ।  स्वास्थ्य सुरक्षा विज्ञ र हंकंग सिटी युनिभर्सिटीका प्रोफेसर निकोलस थामसले भने, “परीक्षण नगरी नभएको खोपले राम्रोसँग काम गर्ने कुनै ग्यारेन्टी हुदैन।“ जो व्यक्ति यस खोप लिने छन् उनीहरूले सम्झिन्छन अब भाइरसबाट सुरक्षित छन्, जबकि यो सोच खतरनाक हुन सक्छ । यस कारण जोखिम बढाउँदैछ।
 
यद्यपि चिनियाँ सरकारले जनतालाई कुन खोप दिइने छ र कति जनालाई यो खोप दिइएको छ भन्ने बारे सही जानकारी दिइएको छैन।  गत हप्ता, पापुवा न्यु गिनियाले चीनबाट आउने उडानहरू रद्द ग¥यो । किनकि यात्रुहरूलाई चिनियाँ खोप लगाइदिने डर थियो। 

चीनले आफ्नो खोप मार्फत कूटनीति रणनीतिमा पनि काम गर्ने योजना बनाइरहेको छ । चीनले दक्षिणपश्चिम एसियाली देशहरू जस्तै फिलिपिन्स, कम्बोडिया, लाओस, म्यानमार, थाईल्याण्ड र भियतनामलाई खोप दिने प्रतिवद्धता दिएको छ । 

प्रतिक्रिया दिनुहोस