
अमेरिकाका दुई वटा स्थापित कम्पनीहरू माइक्रोसफ्ट र वालमार्टले टिकटक किन्ने तयारी गरेका थिए । उनीहरूबिच मंगलबार किनबेच हुने भनेर सिएनबीसीले सोमबार समाचार लेखेको थियो । तर, मंगलबार त्यस्तै कुनै कारोबार भएन ।
अमेरिका, न्युजल्याण्ड र अस्ट्रेलिया जस्ता मुलुकहरूमा टिकटकले खरिदकर्ता खोजिरहेको छ । २० देखि ३० बिलियन डलरको बिचमा माइक्रोसफ्ट र वालमार्टले चिनियाँ कम्पनी बाइ डान्सबाट टिकटक खरिद गर्ने अनुमान गरिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर १५ सम्ममा अमेरिका छोड्न अमेरिका छोड्न टिकटकलाई दिएको समयावधि अगावै यसको खरिद बिक्री सम्पन्न भएमा उनलाई टिकटकले अमेरिका नै बसेर सधैँ जिस्क्याइरहने छ । त्यही भएर उनी सकभर अमेरिकी कम्पनीहरुले टिकट नकिनुन् भन्ने चाहन्छन् ।
उता, चीनले भने अमेरिकाले अफ्ठेरोमा पारेर सस्तोमा टिकटक किन्न खोजेको बुझेको छ । उसले स्पष्ट पारिसकेको छ की यदि अमेरिकीहरूको त्यस्तो योजना हो भने उ त्यसलाई सफल हुन दिने छैन । अमेरिकाले टिकट लगायतका चिनियाँ एपहरूलाई खेदो गरिरहनुको कारणबारे प्रतिक्रिया दिँदै चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिनले भनेका छन्, ‘यो आर्थिकरुपमा गरेको कपट र राजनितिकरुपमा जालसाझि गर्ने अमेरिकीहरूको विधि हो ।’
प्रतिक्रिया दिनुहोस