aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

मर्र्स्याङ्दीमा मिनी ट्रक खस्यो,  थप विवरण आउन बाँकी

  • रासस
    रासस
  • बुधबार, १७ भदौ २०७७
मर्र्स्याङ्दीमा मिनी ट्रक खस्यो,  थप विवरण आउन बाँकी

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ ।

सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी  शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए । 

“सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ ।” प्रहरी उपरीक्षक पौडेलका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस