aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कलेज अफबिजनेस म्यानेजमेन्टमा आइक्यान सदस्यका छोराछोरीले निःशुल्क पढ्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
कलेज अफबिजनेस म्यानेजमेन्टमा आइक्यान सदस्यका छोराछोरीले निःशुल्क पढ्न पाउने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र कलेज अफबिजनेस म्यानेजमेन्टका बिचमा सदस्य तथा उनीहरुको नजिककानातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिनेगरी सम्झौताभएको छ ।

सम्झौताकाबारेमा जानकारी गराउदै कलेजका प्रिन्सिपल सिए.सुमन न्यौपानेले कलेज डिल्लीबजारमा अवस्थित रहेकोको युवा चार्टर्ड एकाउन्टेन्टहरुको समुहद्वारा संचालनमा रहेको बताए । कलेजमा पाठ्यक्रमका अतिरिक्ति समसामयिक तथा प्राक्टिकल विधिबाट अध्यापन गराइदै आएको कलेजका प्रिन्सिपल सिए. न्यौपानेले बताएका  छन ।

साथै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र बिज्हब आइटी सर्भिसको बिचमा समेत सम्झौता भएको छ । उक्त सम्झौतामा संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था(Ican) का सदस्य बनाउने लक्ष्य अनुसार बढीमा २० प्रतिशतसम्म छुट मिल्ने गरी सदस्यहरुले अनलाइन प्लेटफर्म मार्फत कक्षालिने व्यवस्था गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस