aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

करोडौँ अमेरिकनको कोरोनाले पार्‍यो यस्तो हाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
करोडौँ अमेरिकनको कोरोनाले पार्‍यो यस्तो हाल

सिएनबीसी र एकरन इनभेस्ट कमिसनले गरेको एक सर्वेक्षण अनुसार कोरोना भाइरसका कारण सिर्जित आर्थिक मन्दीले १४ प्रतिशत अमेरिकीहरूको खल्ती पुरै रित्तो पारेको छ । यो भनेको ४ करोड ४० लाख अमेरिकनहरूको इमरजेन्सी सेभिङ समेत सकिएको अवस्था हो । 

सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार लगभग १७ प्रतिशत अमेरिकीहरूले दैनिक जीवन गुजाराका लागि आफ्नो आकस्मिक कोष समेत खर्च गरिसकेका छन् । त्यसैगरि, ११ प्रतिशत मानिसहरू सापटी मागेर हातमुख जोडिरहेका छन् भने ६ प्रतिशत मानिसहरूले रिटायरमेन्ट एकाउन्टमा पैसा जम्मा गर्न छोडिसकेका छन् । 

त्यसैगरि, ५ प्रतिशत अमेरिकी नागरिकले त बसोवास गरिरहेको कोठाको भाडा समेत तिर्न नसक्ने भनेर निवेदन हालेका छन् । सर्वेक्षणमा सहभागी भएका मध्ये २५ देखि ३४ वर्ष उमेर समूहका २६ प्रतिशत मानिसले लकडाउनका कारण उत्पन्न आर्थिक संकटले जीवनयापन अत्यन्तै कठिन भएको बताएका थिए । जम्मा ६ प्रतिशतले भने आफूले पहिला कमाएर राखेको पैसा खर्च गरिरहेको जानकारी दिए । 

यस्तै, प्रकारको अर्को सर्वेमा पनि करोडौँ अमेरिकनहरू संकटमा रहेको देखिएको थियो । फेडेरल रिजर्भका पूर्व अध्यक्ष जेनिट यलिनले गत हप्ता न्युयोर्क टाइम्समा एक लेख लेख्दै करोडौँ अमेरिकनहरू अत्यन्तै कष्टप्रद जीवन बाँची रहेका छन् । उनले मौद्रिक नितिलेसमेत हालको गिर्दो अवस्थाबाट बचाउन नसक्ने उल्लेख गरेकी थिइन् । 


 

प्रतिक्रिया दिनुहोस