aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

काठमाडौं उपत्यकामा एक हप्ता लम्बियो निषेधाज्ञा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
काठमाडौं उपत्यकामा एक हप्ता लम्बियो निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अबको केहिबेरमा आधिकारिक रुपमा निर्णय सार्वजनिक गर्ने आर्थिक न्युजसँग बताए । 

औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस