aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

हुम्लाको रोडिकोटमा भीषण आगलागीमा १५ घर नष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
हुम्लाको रोडिकोटमा भीषण आगलागीमा १५ घर नष्ट
प्रतिकात्मक तस्विर

हुम्ला । हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले  १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए । 

 बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ । नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन । आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस