काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बिहिबार) बिहान ११ बजे बस्ने भएको छ । बुुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बिहीबारका लागि बैठक निश्चित भएको हो ।
बिहीबार बस्ने सचिवालय बैठकको कार्यसूची बारेमा छलफल गर्न बुधबार अध्यक्षद्वयबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको जनाइएको छ । पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन उपर सचिवालयको बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस