काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११७ रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ २१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ।
त्यसैगरि कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस