aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आज पनि घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ भदौ २०७७
आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३४५ रहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस