aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

निषेधाज्ञामा रातो मच्छिन्द्रनाथको रथ तान्नेलाई अश्रुग्यास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ भदौ २०७७
निषेधाज्ञामा रातो मच्छिन्द्रनाथको रथ तान्नेलाई अश्रुग्यास

काठमाडौं । निशेषधाज्ञाको बेलामा पनि रातो मच्छिन्द्रनाथको रथ तान्नेहरुमाथी नेपाल प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको थियो ।  निषेधाज्ञामा पनि हजारौँ भेला भएर रथजात्रा गरेकोले प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।   

युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । अहिले पनि तनाव कायमै छ ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ।  तर, पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको राथजात्राको साइत यसपछि नरहेको भन्दै राथजात्रा निकालेका हुन्।  रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो।

प्रतिक्रिया दिनुहोस