
भारत । घृणा र हिंसा फैलाउने खालका पोस्टहरूमा नियन्त्रण नगरेको भन्दै भारतमा आलोचना खेपिरहेको फेसबुकले सत्तारुढ भारतीय जनता पार्टीका नेताको फेसबुक तथा इन्टाग्राम अकाउन्ट बन्द गरेर कारबाही शुरु गरेको छ ।
फेसबुकका प्रवक्ताले इमेल मार्फत भाजपा नेता टी राजा सिंहलाई सो कुराको जानकारी दिएको हो । फेसबुकले हिंसा र घृणालाई बढवा दिने खालका कुराहरू रोक्ने हाम्रोको नीति उल्लङ्घन गरेको कारण राजा सिंहलाई फेसबुकमा प्रतिबन्ध लगाएको फेसबुकले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
फेसबुकका अनुसार यस्तो कुराको मुल्यांकन गर्ने प्रकृया निकै वृहत् छ । यही प्रक्रिया अन्तर्गत उनको एकाउन्ट बन्द गरिएको हो । अमेरिकाको वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा उल्लेख गरेका अ अनुसार फेसबुक भारतमा आलोचित बन्न चाहँदैन । त्यसैले यस्तो कदम चाल्न अग्रसर बनेको हो ।
भारतले भने मंगलबार नै एउटा पत्र फेसबुकका सिइओ मार्क जुकरबर्कलाई लेखिसकेको छ । केन्द्रीय मन्त्री रबी शंकर प्रसादले लेखेको सो पत्रमा भारतमा रहेका फेसबुकका कर्मचारीहरू प्रधानमन्त्री नरेन्द्र मोदी र अरू वरिष्ठ केन्द्रीय मन्त्री विरुद्ध अपशब्द प्रयोग गरेको आरोप लगाएका छन् । उनले फेसबुक इन्डियाका केही वरिष्ठ अधिकारीहरू कुनै एक खास राजनीति विचारधाराका समर्थक रहेको पनि जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस