
पछिल्ला दिनमा मुम्बई प्रहरीसँग सवाल जवाफ गरिरहेकी बलिउड अभिनेत्री कंगना रनौट अहिले शिवसेना नेता सञ्जय राउतसँग जोरी खोज्दैछिन् । अभिनेता सुशान्त सिहं राजपूतको शंकास्पद मृत्युपछि आफ्ना कडा अभिब्यक्तिका कारण चर्चामा रहेकी कंगना एक पछि अर्को गर्दै धेरैजनासँग सवालजवाफमा उत्रिसकेकी छिन् ।
हालै कंगनाले ट्विट गर्दै शिवसेना नेता राउतले आफूलाई मुम्बईमा फिर्ता नजान धम्कि दिएको जनाएकी छिन् । उनले भनेकी छिन्, ‘पहिले स्वतन्त्रताको नारा लाग्ने मुम्बई अहिले खुल्ला धम्की दिइदैछ । किन मलाई यो मुम्बई पाकिस्तान शासित कस्मिर जस्तो लागिरहेको छ ?’
उनले यसअघि मुम्बई प्रहरीका अधिकृतमाथि एक आपत्तीजनक ट्विट लाइक गरेको गम्भीर आरोप लगाएकी थिईन्। तर, मुम्बई प्रहरीको आधिकारीक ट्विटर ह्यान्डले यसको अस्वीकार गर्दै अनुसन्धानको माग गरेको छ ।
वास्तवमा मुम्बईका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी तस्वीरमा हलिउडको ‘वाक अफ फेम’ प्रतीकमा ‘वाक अफ शेम’ सडकमा लेखिएको छ । जसमा नाम भाजपा प्रवक्ता सम्बित पात्रा, कंगना रनोट, अमीश देवगन र सुधीर चौधरीको नाम छ । यो टाइलर स्ट्रीट आर्ट नामको इन्स्टाग्राम एकाउन्टबाट सेयर गरिएको थियो, त्यसपछि ट्विटरमा छाउन थाल्यो ।
कंगनाले ट्विट गरिएको स्क्रिन सट सेयर गर्दै मुम्बई प्रहरीको अधिकृतको ट्विट एकाउन्टबाट लाइक गरेको आरोप लगाएकी छिन् । कंगनाले सुशान्त सिंहको पक्षमा लडिरहेका मानिसहरु प्रति गरिएको अपमानजनक ट्विटको विरोध गर्नुको सट्टा लाइक गरेर मुम्बई प्रहरीका कमिस्नरले दादागीरीलाई बढावा दिएको आरोप लगाएकी हुन् । उनले लेखेकी छिन्, ‘मुम्बई प्रहरी यति सम्म कहिल्यै नर्गिनु । लाज लाग्नु पर्थ्यो । ’
उनले अगाडी लेखेकी छिन्, प्रहरीले खुलेआम यस किसीमले धम्की दिन्छन् र अपराधको लागि पे्ररित गर्छन भने म मुम्बईमा सुरक्षित रहन सक्छु । मेरो सुरक्षाको लागिको जिम्मेवार ? कंगनाले प्रधानमन्त्री कार्यालयलाई पनि ट्याग गरेकी छिन् ।
उनको यस ट्विट्समा मुम्बईको प्रहरीले जवाफ दिएको छ जसमा लेखिएको छ, मुम्बई प्रहरी अधिकृतले यस ट्विटमा लाइक गरेको छैन । स्क्रिनसटको अनुसन्धान गर्न साइबर प्रहरीको कार्यालयमा निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस