
देशको शक्तिशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियू को नेतृत्व गर्ने नेतागणहरुले आज आफ्नो बाटो भुलेर, एजेन्डा रहित अवस्थामा अडकिएर आरोप प्रत्यारोपमा मात्र उत्रिएका छन ।
बिश्वब्यापी महामारी को रुपमा फैलिएको कोरोना भाइरस (Covid-19 ) ले नेपाल अछुतो रहनै सकेन । शैक्षिक क्षेत्रमा पनि कोरोना भाइरसले नराम्ररी गाजेको छ ।८० लाख भन्दा बढी बिद्यार्थीहरुको भबिस्य अन्योलमा छ । एसइइ (SEE) परिक्षाको हकमा त जसोतसो आन्तरिक मुल्यांकन गर्दै परिक्षाफल प्रकाशन गरियो । अझै कक्षा ११,१२ साथै बिश्वबिधालय तहका कयौं परिक्षा अन्योलमा छ ।
गत बर्षकै परिक्षाहरुको नतिजा समेत आज सम्म प्रकाशन हुन सकेको छैन । रोकिएका सम्पूर्ण परिक्षाहरु कहिले हुन्छन ? कसरी हुन्छ ? यो सम्बन्धि शिक्षा मन्त्रालयबाट समेत कुनै खालको निश्चित धारणा ब्यक्त गरेको देखिदैन । यस्तो जटिल अवस्थामा अनेरास्ववियूले त शिक्षा क्षेत्रका विशेषज्ञ साथै शिक्षा मन्त्रीसँग व्यापक छलफल गर्दै,दबाब दिदै बैकल्पिक अध्ययन र परिक्षाको समेत उपयुक्त विधि खोजी गर्न लगाएर लाखौं बिद्यार्थी हरुको अभिभावकत्व ग्रहण गर्नु पर्ने थियो । हजारौं, हजार निमुखा बिद्यार्थीहरु को दबिएको आवाजलाई बुलन्द पारिनु पर्ने थियो ।
तर बिडम्बना बिगत मा गरिएका ब्यक्तिगत कमिकमजोरी लाई खोतल्दै एकले अर्कालाई हिलो छ्यप्न तर्फ केन्द्रीत देखिए । यसरि नै एकले अर्कालाई नङ्याउने खेल चलिराख्ने हो भने आज अनेरास्ववियू को नेतृत्व गर्ने नेतृत्वगणहरुको राजनीतिक यात्रामा पुर्णविराम नलाग्ला भन्न सकिन्न ।
संयोजक ,सह संयोजक वा अन्य जो कोहीले पनि संगठनको विधि ,बिधान र पद्धतिलाई लत्ताएर आफै सर्बोच्च ठान्छ भने सजायको भागिदार बन्नै पर्छ । अनेरास्ववियू त्यत्ती कमजोर संगठन होइन ,छैन र हुँदैन पनि । अनेरास्ववियू संयोजक र सह संयोजकले रमिता देखाउने संगठन होइन यो त लाखौं प्रगतिशील ,देशभक्त ,जनवादी बिद्यार्थीहरुको साझा चौतारी हो । अनेरास्ववियू को पछिल्ला घटनाहरु हेर्दा यस्तो लाग्छ कि ;अनेरास्ववियूले आफ्नो गन्तव्य मात्र भुलेको छैन ,गौरवशाली इतिहास पनि बिर्सिसकेको छ ।
अहिले अनेरास्ववियूको नेतृत्व गर्ने नेताज्युहरुले केही लचिलोपन देखाएर ,ब्यक्तिगत स्वार्थभन्दा माथी उठेर,एकआपसमा छलफल गर्दै,आफ्नो रिसलाई पैतालामा दबाएर ,व्यापक परामर्श गर्दै एक भएर अहिलेको शैक्षिक क्षेत्रमा देखीएका बिद्यमान चुनौतीहरुलाई पार लगाउदै बलियो,यथाशीघ्र शक्तिशाली र एकीकृत अनेरास्ववियू बनाउनुको विकल्प छैन ।
लेखकः अनेरास्ववियू आर .आर क्याम्पसका अगुवा बिद्यार्थी हुन् ।
प्रतिक्रिया दिनुहोस