काठमाडौं । ट्राफिक प्रहरीमाथि बिहिबार निर्घात कुटपिट गरिएको छ । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका हुन् ।
निषेधाज्ञाका बीच युवाहरुको समुहले मत्स्येन्द्रनाथको रथ तानेका थिए । लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञाको समयमा रथ यात्रा रोक्न महागनरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए। सोही निर्देशन अनुरुप प्रहरी भिड नियन्त्रण गर्न पुगेको थियो। निषेधाज्ञाको समयमा रथ तान्ने भिडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। सोही क्रममा कार्यक्षेत्रमा खटिएका प्रहरी कमलप्रसाद घिमिरेमाथि युवाको समुहले कुटपिट गरेका हुन्।
कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा घिमिरे भाग्दै गर्दा विभिन्न व्यक्तिले पिछा गर्दै कुटपिट गरेको देखिन्छ। घिमिरेको अल्का अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको टाउको र हातमा चोट लागेको छ।
प्रतिक्रिया दिनुहोस