aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नेकपाले गर्यो वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ भदौ २०७७
नेकपाले गर्यो वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियसभामा रिक्त रहेको सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । सो पार्टीको बिहिबार बसेको सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने कोटामा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट गर्दै केहीबेर अघि सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने जानकारी गराउनुभएको जनाएका छन् । कार्यदलको प्रतिवेदनमाथि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाइ सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय पनि भएको उनले जानकारी दिएका छन् । 

यससँगै ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्री रहिरहने सपनामा आघात पुगेको छ । तर, नेकपा उच्च श्रोतका अनुसार प्रधानमन्त्रीले राष्ट्रियसभाका कुनै एक सदस्यलाई राजिनामा गराई सो स्थानमा खतिवडालाई मनानयन गराउने सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस