काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । बिहीबार रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि त्यस क्षेत्रमा प्रहरी र स्थानीयबीचमा झडप समेत भएको थियो ।
प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आर्थिकन्यूज डटकमलाई जानकारी दिए । उक्त झडपछि त्यस क्षेत्रमा थप प्रदर्शन हुने र निषधाज्ञको अवज्ञा गर्न सक्ने भएकाले प्रशासनले कर्फ्यू लगाएको बताइएको छ ।
कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । प्रहरीले भिड नियन्त्रण गर्न पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस