aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

ललितपुरमा भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू(आदेशसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ भदौ २०७७
ललितपुरमा भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू(आदेशसहित)


काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।
रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि ललिपुर जिल्ला प्रशासनले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । 

ललितपुरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भोलि एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी गरेको जानकारी दिए । बिहीबार ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञाकैबीच मछिन्द्रनाथको रथ तान्ने क्रममा  प्रहरी र स्थानीयबीच झडप भएको थियो । 

कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको थियो भने  स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस