aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

११८ जना कैदीबन्दीलाई कोरोना, ४९ निको भए, एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
११८ जना कैदीबन्दीलाई कोरोना, ४९ निको भए, एक जनाको मृत्यु

काठमाडौं । अहिलेसम्म देशभरीका जेलमा रहेका ११८ जना कैदीबन्दीमा कोरोना पोजेभिट देखिएको गृह मन्त्रालयले जनाएको छ । ४९ जना निको भएका छन भने ६९ जना उपचार गराइरहेका छन । एक जनाको मृत्यु भइसकेको छ  । 

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विश्वभरी फैलिएको कोरोना महामारीका कारण नेपालका अधिकांश जिल्लामा संक्रमण देखिएको र कैदीबन्दीहरुमा पनि संक्रामण फैलिएकाले यसका रोकथामका लागि थप योजना बनाउने बताएको छ । 

गृहमन्त्रालयले प्रहरी प्रधानकार्यालय कारागार व्यावस्थापन विभाग मार्फत सबै कारागार र प्रमुख जिल्ला अधिकारीलाई संक्रमण फैलिन नदिन थप प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ ।   
 

प्रतिक्रिया दिनुहोस