aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अनामनगरमा ३३ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
अनामनगरमा ३३ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका २९ अनामनगरमा एक महिलाको हत्या भएको छ । बर्दिया बाँसगढी नगरपालिका ९ घर भइ अनामनगर बस्ने ३३ वर्षीया पार्वती खड्कालाई छुरा प्रहार गरेर हत्या गरिएको हो । 

हत्या अभियोगमा उनकै श्रीमान ३६ वर्षीय अजय बिकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  

त्यस्तै, धादिङ निलकण्ठ नगरपालिका १३ खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई सोही ठाउँ बस्ने ६४ वर्षीय सोम बहादुर गुरुङको हत्या गरेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

वादविवादको क्रममा राजुले गुरुङलाई धारीलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात जिल्ला प्रहरी कार्यालय धादिङ गई आफैले हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस