aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. खतिवडाले आज राजीनामा दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. खतिवडाले आज राजीनामा दिने

काठमाडौं । अर्थ तथा सञ्चार तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।  डा खतिवडा २०७४ फागन १४ गते अर्थमन्त्री नियुक्त भएका थिए । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले आज साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । बिहीबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएपछि डा. खतिवडाले मन्त्रीपदबाट राजीनामा बाध्य भएका हुन ।
 

प्रतिक्रिया दिनुहोस