aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

जाँदा जाँदै अर्थमन्त्रीले माफी मागे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
जाँदा जाँदै अर्थमन्त्रीले माफी मागे
फाइलः तस्विर

काठमाडौं । अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री  डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गर्दै माफी मागेका छन् । शुक्रबार मन्त्रालयमा विधाई कार्यक्रममा बोल्दै पत्रकारहरु समक्ष उनले भने, ’राष्ट्रका लागि काम गर्दा कुनै दिन गल्ती भएको भए माफि दिनु होला, काम गर्दैगर्दा कसैको चित्त दुखाइयो होला ।’

अर्थमन्त्री डा खतिवडाले आज आफू पदबाट विदा हुने समेत उनले जानकारी पत्रकार सम्मेलनमा गराएका थिए । उनले आफ्नो कार्याकालमा देशको अर्थतन्त्रलाई माथि उकास्न राम्रा धेरै काम गरेको बताए । उनले, ‘भने पत्रकारहरुको न्युनतम पारिश्रमिक अध्ययनको प्रतिवेदन आउँदै उक्त अधययनले पत्रकारहरुको न्युनतम पारिश्रमिकका विषय हल हुन्छ ।’  

यो अर्थ मन्त्रालय रिसोर्सफूल मन्त्रालय हो भनेर मैले सुरुदेखिनै भन्दै आएको बताए। उनले भने, प्राकृतिक स्रोत, वित्तीय स्रोत, मानवीय स्रोत लगायत दृश्य स्रोतहरु जति छन्, यी आ–आफ्नै ठाउँमा छन् । तर, अदृश्य स्रोत अर्को त्यो स्रोत हो जुन यो मन्त्रालयसँग छ र यसको कुनै सीमा पनि छैन । 

यसको परिचालनको सीमा छैन, तर उपलब्धताको सीमा त फेरि पनि आफ्नो ठाउँमा नभएको उनले बताए । उनले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरेर त्यो फ्रेमवर्क कार्यान्वयनमा ल्याउँदा र अहिले कोभिडको संक्रमण भइरहँदा  एउटा अपूर्व अवसर प्राप्त भएको उनले बताए ।  शिक्षामा अनलाइन एजुकेसन भन्न थाल्यौं, स्वास्थ्यमा टेलिमेडिसिन पहिले खाली एउटा फेसन थियो, अब अभ्यासको रुपमा आउने उनको भनाइ थियो । 

त्यसैगरी, जनस्वास्थ्यका कुराहरु, कोभिडको महामारीमा आम नागरिकलाई सचेतना जगाउने कुरामा मोबाइलको माध्यमबाट बनाउने प्रयासमा रहेको उनले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस