aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

गोंगबु हत्या काण्डमा संलग्न कल्पना पुर्पक्षका लागि थुनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
गोंगबु हत्या काण्डमा संलग्न कल्पना पुर्पक्षका लागि थुनामा

काठमाडाैं । काठमाडौँ जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।  

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार उक्त अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतमा फैसला कार्यान्वयन गरिएको बताइएको छ । 

पौडेललाई सुन्धारास्थित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार र पौडेलकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले आदेश दिएको छ ।

गोंगबूमा गत साउन २५ गते बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोही घटनाका अभियुक्त पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । 
 

प्रतिक्रिया दिनुहोस