aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिए

काठमाडौं । अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।  २०७४ फगुन १४ गते अर्थमन्त्री बनेका खतिवडाले साढे दुई वर्ष अर्थमन्त्रीका रुपमा काम गरे । 

२०७४ फागुन १४ गते अर्थ मन्त्रालयको बागडोर समातेका खतिवडाले साढे दुई वर्षे कार्यकाल सकिएको छ । राष्ट्रिय योजना आयोगको सदस्यदेखि राष्ट्र बैंकका भगर्नरको जिम्मेवारी समेत सम्हालेकाले उनले अर्थमन्त्रालय सम्हालेपछि अर्थतन्त्र केही सकारात्मक बाटोमा जाने आशा गरिएको थियो ।

अघिल्लो वर्ष बजेट कार्यान्वयदेखि अन्य कुरामा चुके पनि पछिल्लो समय केही आशा लाग्दो देखिएको थियो । तर, कोभिडका कारणले अर्थतन्त्र शिथिल भएको छ । कर्मचारीलाई तलब समेत खुवाउन नसकेको यो अवस्थामा उनले राजिनामा दिएका छन् । 

प्रतिक्रिया दिनुहोस