aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

‘विद्यालय खोल्ने अवस्था छैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
‘विद्यालय खोल्ने अवस्था छैन’

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षा पद्धतिमार्पmत पढाइ सञ्चालन हुने जानकारी दिएको छ  ।

प्रविधिमैत्री शिक्षक समाज सङ्खुवासभाद्वरा आज आयोजित शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको भर्चुअल समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई वर्षका लागि वैकल्पिक शिक्षा पद्धतिको तयारीमा मन्त्रालय लागिरहेको बताए । 

शिक्षक गुणात्मक नभए शिक्षा गुणात्मक हुन नसक्ने मन्त्री पोख्रेलको भनाइ छ । उनले वैकल्पिक पद्धतिमा जान स्थानीय तहका पदाधिकारी, प्रदेशका सामाजिक विकासमन्त्री, शिक्षाविद् तथा  प्रधानमन्त्रीसँगसमेत छलफल भएको जानकारी दिए । 

उनले विद्यालय खोल्न सकिने अवस्था नरहेको र  शिक्षकलाई प्रविधिमैत्री बनाउन  कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो  । शिक्षामन्त्री पोखरेलले वैकल्पिक पद्धतिका लागि चार  विधि यही भदौ २० अनुमोदन  हुने जानकारी दिए । वैकल्पिक पढाइका लागि गत जेठमा निर्देशिका बनेको र असारमा लागु भएको बताइएको छ ।

वैकल्पिक पढाइका लागि पाठ्य पुस्तक , सहयोगी अध्ययन सामग्री दिने टेलिभिजन, केबल र अनलाइन, रेडियो तथा छापामार्फत पढाइ सञ्चालन भइरहेको छ ।  उनले भने, “शैक्षिकसत्र खेर जान नदिन पाठ्यक्रम विकास केन्द्रको सहयोगमा नयाँ ढङ्गले अघि बढ्ने तयारी भइरहेको छ । ” प्रविधिमैत्री सङ्खुवासभाका अध्यक्ष सन्तोष विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न  भएको थियो ।

प्रतिक्रिया दिनुहोस