
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले मृत्युदण्ड दिइएका भनिएका अधिकारीहरु जीवित रहेको सीएनएनले दावी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ता असफल भएपछि अमेरिकाका लागि विशेष प्रतिनिधि रहेका किम ह्योक चोललाई मृत्युदण्ड दिएको दक्षिण कोरियाली पत्रको दाबी थियो । तर सीएनएनले भने चोललाई मृत्युदण्ड नदिइएको तर वार्ता असफल भएका कारण उनको बारेमा अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको समकक्षीको हैसियतमा रहेका चोलसहित विदेश मन्त्रालयका चार अधिकृतहरुलाई मार्चमा मिरिक विमानस्थलमा मृत्युदण्ड दिइएको दावी गरिएको थियो । अमेरिकाले यस विषयमा अनुसन्धान गरिरहेको बताउँदै गर्दा सीएनएनले मृत्युदण्ड दिएका अधिकारीहरु जीवितै रहेको दाबी गरेको हो ।
प्रतिक्रिया दिनुहोस