aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिएन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २० भदौ २०७७
महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिएन

काठमाडौं  । शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस(९कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ ।

केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बेचबिखनका लागि त्यसतर्फ लगिएका घटना सार्वजनिक भइरहेका छन् । 

बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बेचबिखनको आरोपमा पक्राउ परेका छन् । त्यस्तै यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बेचबिखनमा परेका किशोरीसहितको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रमुख डा। देवबहादुर बोहराले जानकारी दिए ।

मानव बेचबिखनको क्रमलाई कोरोना महामारी र बन्दाबन्दीले रोक्न नसकेको उहाँ स्वीकार्छन् । पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बेचबिखनमा पर्ने क्रम बढेको छ । 

प्रतिक्रिया दिनुहोस