aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

औषधियुक्त बेसारले रोग प्रतिरोधात्मक क्षमतामात्र बढाउँदैन, एक दर्जनभन्दा बढी रोग पनि निको पार्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० भदौ २०७७
औषधियुक्त बेसारले रोग प्रतिरोधात्मक क्षमतामात्र बढाउँदैन, एक दर्जनभन्दा बढी रोग पनि निको पार्छ

काठमाडौं । हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन् । कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन् । नेपालमा सदियौंदेखि  ऋषिमुनिहरूले बेसार औषधिका रूपमा गर्दै आएको पाइन्छ ।

बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम ‘करक्यूमा लोगा’ हो । आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ । विशेष गरी बेसार दक्षिणी तथा दक्षिण पूर्वी एसियाको कन्दमूल हो तर, आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ ।
यी तत्व पाइन्छ बेसारमा

बेसारमा हुने ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो । यस रसायनमा विभिन्न औषधिय तत्व पाइन्छ । पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन ‘ए’ १७५ प्रति सय ग्राममा, केही मात्रामा भिटामिन ‘बि’, ‘बि–२’, ’सि’ र खाद्य ऊर्जा (क्यालोरी) ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ  । 

खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचुर मात्रामा पाइन्छ । मसलाको समूहमध्ये अग्रपंतिमा रहेको बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैं उपयोग भइरहने मसला हो । बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ । 

बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन् । पल्लिल्लो समय कोरोना भाइसरबाट बच्न पनि बेसारको अत्यधिक प्रयोग हुने गरेको छ । यसले मानव शरिरमा कोरोना भाइरससँग जुध्न सक्ने एन्टिबडी उत्पादन गर्न सघाउने आयुर्वेद विज्ञहरूले भन्दै आएका छन् । मानव शरीरमा बेसारको महत्वबारे धेरै अनुसन्धान गरिएका छन् । यसले शरीरको प्रतिरक्षा प्रणाली बनाउने विभिन्न अध्ययनले पनि देखाएका छन् 

दुधसँग कसरी खाने बेसार ?

बेसार–दूध बनाउनका लागि सबैभन्दा पहिले गाँठो बेसारलाई राम्री पखालेर सिलौटी अथवा मिक्स्चरमा पिस्नुपर्ने हुन्छ । एउटा भाँडोमा २ कप दूध तथा एक कप पानी राखेर त्यो दूधलाई उमाल्नु पर्छ । अब उम्लिंदै गरेको दूधमा बेसारको साना–साना टुक्रालाई राखिदिनुपर्छ । अब बेसार राखिसकिएको यस दूधलाई कम्तीमा १५ देखि २० मिनेटसम्म मध्यम तापमा उमालि राख्नुपर्ने हुन्छ ।  मध्यम तापमा बेसार मिसिएको दुध उमाल्नाले बेसारको सबै पोषकतत्व दूधमा राम्ररी मिसिन्छ ।

बेसार मिसिएको दूध राम्ररी उम्लिसकेपछि चिया छान्नेले छानेर गिलासमा राखिएको बेसारयुक्त दूध अब पिउनका लागि तयार छ ।
तपाईलाई यसरी तयार पारिएको दुधलाई अझ स्वादिष्ट बनाउन मन लाग्छ भने एक चुटकी जत्तीे कालो नुन तथा मरिचको धूलो पनि मिसाउन सक्नुहुनेछ ।

बेसारयुक्त दुध सेवन निको रोग  

बेसार मिश्रित दूधले कोलेस्ट्रोल, घुँडा, कुहिनो, काँध, कम्मरको पीडा, कब्जियतको समस्याको समाधान गर्नुका साथै रगत सफा गर्न तथा वाथ रोगको समस्या भएकाहरुलाई फाइदा पुर्याउँछ । साथै शरीरमा रहेका विषाक्त पदार्थहरुलाई मल या मूत्रको मार्फत बाहिर निकाल्न सहयोग गर्नेछ ।
सुपरिचित मसला बाली बेसारको बहुउपयोगी गानो जमीनमुनि हुन्छ । नेपालमा यसको खेती प्राचीन कालदेखि नै भएको पाइन्छ । आजकल बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणहरूको उत्तम श्रोतको रूपमा लिने गरेको पाइन्छ । चिनियाँ चिकित्सा पद्धतिमा बेसारलाई पर्याप्त मात्रामा प्रयोग गर्ने गरिन्छ, बेसारमा रहेको सत्रलमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधिको रूप दिएको हो ।

आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन्। यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छन् भने अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले के प्रमाणित गरेका छन् । 

उनको अध्ययनले बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पु¥याउने क्षतिसमेत कम हुन्छ । क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदन अनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ । उक्त अनुसन्धान अन्तर्गत बेसार मुटु रोगले प्रभावित मुसालाई सेवन गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस