aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अर्थमन्त्रीले अडाई वर्षको अवधिमा गरेको उपलब्धीको सूचि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० भदौ २०७७
अर्थमन्त्रीले अडाई वर्षको अवधिमा गरेको उपलब्धीको सूचि

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकालमा नेपालको दीगो, फराकिलो र उच्च आर्थिक वृद्धिदरको आधारशिला निर्माण भएको जनाएका छन् । अर्थ मन्त्रालय सम्हालेको अडाई वर्षको यो अवधिमा समष्टिगत आर्थिक परिसूचकहरू उत्साहजनक रुपमा बढ्दै गएको बताएका छन् । 

डा. खतिवडले आफ्नो साढे दुर्य वर्षको कार्यकालमा गरेका कामहरू सार्वजनिक गर्दै वर्तमान सरकार गठन हुनु अघिको १० वर्षको अवधिमा औसत आर्थिक वृद्धिदर ४.६ प्रशित रहेकोमा यो सरकार गठन यता अब औसतमा ७ प्रतिशतको वृद्धिदरमा पुगेको बताएका छन् । सरकारले योे अवधिमा आन्तरिक उत्पादन बढाउन अवलम्बन गरेको औद्योगितक तथा कर नीतिको प्रभाव स्वरुप मुलुकको धान्नै नसक्ने गरी लामो समयसम्म २० प्रतिशतका दरले बढ्दै गएको आयात ७.९ प्रतिशतले घटेको छ । 

धान, मकै माछामासु, फलफूल, दुध, तरकारीलगायत खाद्यान्न र औषधि, प्लाइउड, सिमेन्ट, विस्कुट, जुत्ता, क्लिङ्कर, चाउचाउलगायत दुई दर्जन औद्योगिक उत्पादनमा मुलुक आत्मनिर्भर भएको छ । 

धान, मकै माछामासु, फलफूल, दुध, तरकारीलगायत खाद्यान्न र औषधि, प्लाइउड, सिमेन्ट, विस्कुट, जुत्ता, क्लिङ्कर, चाउचाउलगायत दुई दर्जन औद्योगिक उत्पादनमा मुलुक आत्मनिर्भर भएको छ । 

‘आफ्नो कार्यकाल रिपोर्टमा उनले भनेका छन् ‘गत दुई वर्षको अवधिमा पेट्रोलियम पदार्थ, विद्युतीय ऊर्जा, सिमेन्ट, धागो, तयारी पोशाक, औषधि, कोइला, सुनचाँदी, चिनी ,दुग्धजन्य तथा मासुजन्य पदार्थको आयात उल्लेख रुपमा घटेको छ ।’ दशकदेखि वार्षिक ६ प्रतिशतका दरले बढेको निर्यात पछिल्लो ३ वर्षमा साढे १० प्रतिशतले वृद्धि भएको उनले उल्लेख गरेका छन् । कोभिड महामारी अघिको ८ महिनामा २२ प्रतिशतको बढीले निर्यातमा वृद्धि भएको छ । 

वर्तमान सरकार गठन हुँदा २०७४ माघमा १८.३ अर्ब घाटामा रहेको शोधनान्तर स्थिति २०७७ असारसम्म २८२ अर्ब बचतमा रहेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन र मनोरञ्जनतर्फको अनावश्यक बाह्या सेवा हुने भुक्तानी नियन्त्रण हुँदै सेवा व्यापार अनुकुल हुनेतर्फ उन्मुख भएको छ ।

उनको कार्यकालमा श्रमिकको ज्याला १० हजार रुपैयाँबाट ४० प्रतिशतले वृद्धि भइ १४ हजार पुगेको छ । साढे दुई वर्षको यो अवधिमा विद्युत उत्पादन ३० प्रतिशतले वृद्धि भइ १०३१ मेगावाट  १३९७ मेगावाट पुगेको अर्थमन्त्रीको २ वर्ष ६ महिनाको अवधिमा सम्पादन भएका प्रमुख कार्य तथा उपलब्धिहरू समेटेर तयार पारेको प्र्रतिवेदनमा उल्लेख गरिएको छ । ३८ वुँदामा समेटिएको उनको कार्य सम्पादन प्रतिवेदनमा स्वास्थ्य क्षेत्रको बजेट करिब एक तिहाईले वृद्धि गरेर ९० अर्ब ७० करोड पुर्याएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस