aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

अमेरिकी सेनालाई ‘हरुवा र शोषक’ भनेको आरोप आधारहिनः ट्रम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
अमेरिकी सेनालाई ‘हरुवा र शोषक’ भनेको आरोप आधारहिनः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्रकारलाई ‘स्लाइम बल’ भएको बताएका छन्। ती पत्रकारले ट्रम्पले मृत अमेरिकी सैनिकहरूलाई ‘हरुवा र शोषक’ भनेको विषयलाई उद्धृत गरेका थिए।

एट्लान्टिक पत्रिकाका अनुसार ट्रम्पले सन् २०१८ मा पेरिसस्थित अमेरिकी कब्रिस्तानको भ्रमण रद्ध गर्दै भनेका थिए स् ‘त्यो ठाउँ हरुवाहरूले भरिएको छ।‘

चार वटा स्रोतहरूले उनले वर्षालाई कारण देखाउँदै भ्रमण रद्ध गरेको बताएका थिए। भनेका थिए,’वर्षाले मेरो कपाल बिगार्छ। किन जानुरु त्यसो त युद्धमा मारिएकाहरूको सम्मान गर्नु आवश्यक छैन।‘

सोही यात्राको क्रममा राष्ट्रपतिले बेल्लो वुडमा मारिएका १ हजार ८ सय अमेरिकी सेनालाई ‘शोषक’को संज्ञा दिएका थिए। उक्त युद्धले पहिलो विश्वयुद्धको बेला पेरिसमा जर्मनको अग्रगमन रोक्न मद्दत गरेको थियो। बीबीसीका अनुसार युद्ध सकिएको एक वर्ष पछि उनले त्यस्तो प्रतिक्रिया जनाएका थिए।

ट्रम्पले ती पत्रकारले एट्लान्टिक पत्रिकामा लेखेको समाचारलाई सन् २०१६ को राष्ट्रपति चुनाव जित्न रसियासँग मिलेको आरोपजस्तै आधारहिन भएको बताए। तर, उनको भनाइहरूलाई एसोसिएटेड प्रेसले स्वतन्त्र रुपमा पुष्टि गरेको थियो।

नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनको २ महिना अघि ट्रम्पको आलोचकहरू अगाडि आएका छन्। जसमध्ये दिग्गजहरू पनि छन्।  यस क्रमलाई रोक्न र आफूविरुद्धको दुष्प्रचार भएको पुष्टि गर्नमा ट्रम्प व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस