aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पर्यटनमन्त्री भट्टराईले आफ्नो जन्मदिनमा एसिड पीडित मुस्कानलाई दिए ५० हजार

  • रासस
    रासस
  • आइतबार, २१ भदौ २०७७
पर्यटनमन्त्री भट्टराईले आफ्नो जन्मदिनमा एसिड पीडित मुस्कानलाई दिए ५० हजार

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनका अवसरमा तेजाब पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेको छ ।

उनले बालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले रु ५० हजार प्रदान गरेको हो । मन्त्री भट्टराईले बालिका र उनका बुबालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज आमन्त्रण गरी सहयोग गरेकाे हाे ।

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा बालिकामाथि दुई युवाले तेजाब प्रहार गरेका थिए । त्यसबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । उनी कक्षा ९ मा अध्ययनरत छिन् । सो अवसरमा मन्त्री भट्टराई भने, ‘‘मलाई विश्वास छ, तपाईँ भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’’  

प्रधानमन्त्री केपी शर्मा ओलीले  पनि केही दिनअघि बालिका खातुनलाई बालुवाटारमा आमन्त्रण गरी शिक्षाका लागि आवश्यक  प्रबन्ध गरिने जानकारी दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस