काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ। रक्सौलबाट काठमाडौं आईरहेको ट्याङ्कर मुख्य सडकबाट मोडिएर डिपोतर्फ जान लाग्दा चिप्लिएर खेतमा खसेको हो ।
निगमको थानकोट डिपोका अनुसार आइतबार ना ७ ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने चालक सुरेश विक पनि सकुसल छन्। दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको छ।
प्रतिक्रिया दिनुहोस