aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

२६ किलो अफिमसहित पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
२६ किलो अफिमसहित पाँच जना पक्राउ

काठमाडौं । २६ किलो अफिमसहित पाँच जना पक्राउ परेका छन् । जाजरकोटको नलगाड नगरपालिका २ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ३ बस्ने ४२ वर्षीय मन बहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका ५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी उनीहरुलाई जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ५ जलिगार्डबाट १६ किलो अवैध लागूऔषध अफिम सहित जाजरकोट नलगार्ड नगरपालिका ९ बस्ने ३७ वर्षीय प्रेम बहादुर सिंह लगायत ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्यूरो र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उक्त अफिम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस