aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

महँगोमा गुणस्तरहीन चामल खरिदः कमिसन चक्करमा ५ करोड घोटालाको खेल

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, २२ भदौ २०७७
महँगोमा गुणस्तरहीन चामल खरिदः कमिसन चक्करमा ५ करोड घोटालाको खेल

काठमाडौं । कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा चामल खरिद गरेका हुन् । 

बजारमा प्रतिक्विन्टल ५ सय रुपैयाँ सस्तो मूल्यमा पाइने चामललाई ५ सय रुपैयाँभन्दा बढी मूल्य तिरेर खाद्य कम्पनीले १ लाख क्विन्टल चामल खरिद गरिरहेको छ । 

कम्पनीले सोना मन्सुली, अरुवा मोटा र स्टिम जिरा मसिनो गरी १ लाख क्विन्टल चामल खरिद गरेर विराटनगर, लाहान, वीरगन्ज, काठमाडौँ, नेपालगन्ज, सुर्खेत र धनगढीमा भण्डारण गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस