aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

भारतको एक आइटी कम्पनीको आईपीओ आजदेखि विक्रि खुला, ग्रे मार्केटमा चर्चा बटुल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ भदौ २०७७
भारतको एक आइटी कम्पनीको आईपीओ आजदेखि विक्रि खुला, ग्रे मार्केटमा चर्चा बटुल्दै

एजेन्सी । भारतको शेयर बजारमा गत मार्चदेखि आईपीओ बिक्री खुला हुन सकिरहेका थिएनन । तर अब निरन्तर धेरै कम्पनीहरूले आईपीओ शुरू गर्न तयारी गर्दैछन् ।  आजदेखि प्रविधि कम्पनीको आईपीओ खुल्दै छ ।

हप्पिस्ट माइन्ड टेक्नोलोजीको आईपीओ सोमबार आजदेखि खुल्दै छ ।  खुद्रा लगानीकर्ताहरूले यस आईपीओमा ७ देखि सेप्टेम्बर ९सम्म भर्ने अवसर पाउनेछन् । यो आईपीओको ग्रे मार्केटमा धेरै चर्चा भइरहेको छ।

हेष्पिस्ट माइन्ड्स टेक्नोलोजी शेयरहरूको मूल्य र १६५ देखि १६६ रुपैयाँ भारु राखिएको छ । लगानीकर्ताहरूले कम्तिमा ९० कित्ता शेयरका लागि आईपीओको लागि आवेदन दिनु पर्ने छ । एक लटमा ९० कित्ता सेयर हुनेछ । लगानीकर्ताले कम्तिमा १,४८५० रुपैयाँ भारुको आईपीओ किन्नुपर्नेहुन्छ । 

यस आईपीओ मार्फत कम्पनीले ७०२ करोड भारु जुटाउने लक्ष्य राखेको छ । यसमा ११० करोडको नयाँ लगानी पनि समावेश गरिनेछ । यस बाहेक ३ करोड ५६ लाख ६३ हजार ५८५ सम्म शेयरसम्म अफर फर सेमार्फत प्रमोटरले शेयर बिक्रीबाट लगानी जुटाउने छन्।

आईटी सेवा फर्म हेष्पिस्ट माइन्ड्सले ३१६करोड भारु इन्भेष्टर्स मार्फत उठाउने  छ । आन्कर्स लगानीकर्ताहरुमा सिंगापुर सरकार, गोल्डम्यान सैक्स, कुवेत लगानी अथोरिटी, नोमुरा फंड आयरल्याण्ड, जुपिटर भारत र प्रशान्त होराइजन लगानीमा शामिल हुनेछन ।

हेप्पिस्ट माइन्ड्सका संस्थापक अशोक सुता मिडक्याप आईटी फर्म माइन्डस्पेसका संस्थापक हुन । अशोक सुता विप्रसँग १५ बर्ष सम्बद्ध थिए । कम्पनीको ९७ प्रतिशत आम्दानी डिजिटल विंगबाट ​​आउँदछ । यो इन्फोसिस, कोग्निजेन्ट, माइडटीभन्दा बढि आम्दानी हो। यी कम्पनीहरूको औसत योगदान ४०देखि ५० प्रतिशत आम्दानी डिजिटल छ ।

बिक्री अफरबाट आएको रकम शेयरधारकहरू बिक्री शेयरधनीले पाउने छन । जबकि फ्रेस इस्यूको विक्रीबाट आउने रकम लंगटर्मको लगानीमा र सामान्य कर्पोरट आवश्यकता पुरा गर्ने छ । गत वर्ष ३१ मार्चको अन्त्यसम्ममा ७१.७० करोड रुपैयाँ भारु कमाएको थियो । त्यसको अघिल्लो वर्ष १७.३६ करोड रुपैयाँ भारु मात्र कमाएको थियो । 

प्रतिक्रिया दिनुहोस